आज मिति २०७८ साल श्रावण ३१ गते आइतबार सप्तमी तिथि श्रावण शुक्लपक्षः सूर्योदय ५ः ३४ सूर्यास्त १८ : ४१ रवि सप्तमी व्रत तुलसीदास जयन्ती ।
मेष : वस्त्र अलंकारका सामानहरू प्राप्त हुनसक्छ ।
वृष : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।
मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।
कर्कट : नसोचेको ठाउँमा धन खर्च हुन सक्छ ।
सिंह : मान सम्मान पाउँदा मन हर्षित हुँनेछ ।
कन्या : पठनपाठनका क्षेत्रमा खासै रूचि नहुँन सक्छ ।
तुला : व्यापार व्यवसायमा राम्रै सफलता मिल्न सक्छ ।
वृश्चिक : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
धनु : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
मकर : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
कुम्भ : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।
मीन : अतिथिको आगमन हुँदा मन खुशी हुँनेछ ।




















