आज मिति २०७८ साल श्रावण २७ गते बुधबार तृतीया तिथि श्रावण शुक्लपक्षः सूर्योदय ५ः३२ सूर्यास्त १८ः४५ बराह जयन्ती।
मेष : स्वास्थ्यमा समस्या आइपर्न सक्छ, सचेत रहनुपर्ला ।
वृष : मानसम्मान पाउँदा मन हर्षित हुनेछ ।
मिथुन : पठन-पाठनका क्षेत्रमा विशेष रुची बढ्नेछ ।
कर्कट : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
सिंह : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
कन्या : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
तुला : व्यापार व्यवसायमा राम्रै आम्दानी हुन सक्छ ।
वृश्चिक : आर्थिक संकटका कारण काम अपुरो हुन सक्छ ।
धनु : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
मकर : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
कुम्भ : आफूले गरेका काममा बाधा आइपर्न सक्नेछ ।
मीन : धार्मिक कार्यमा सक्रिय सहभागिता हुनसक्छ ।




















