आलोचकलाई जवाफ दिँदै दुर्गेशको ‘बीच्च बीच्चमा ५’, भिडियोमा पलको साथ।

काठमाडौं := दुर्गेश थापा र पल शाहको नयाँ तीज गीत ‘बीच्च बीच्चमा ५’ आज इन्टरनेट रिलिज भएको छ । यो डान्सिङ ट्रयाकलाई दुर्गेशले कम्पोज गरेका हुन् भने शब्द पनि उनकै छ। बसन्त थापासँग मिलेर दुर्गेशले गीत गाएका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतमा दुर्गेश र पल दुबैजना फिचर्ड छन् ।

दुर्गेशको अघिल्लो गीत ‘ख्यास्स पुतली’लाई लिएर लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाएको थियो । दुर्गेशलाई संस्थाको सदस्यताबाट हटाएको निर्णय उसले गरेको छ। तर, बहिष्कार गरिएको भन्ने कुराको विज्ञप्तिमार्फत उसले खण्डन गरेको छ। संस्थाको बिज्ञप्तिमा लेखिएको छ “सामाजिक संजालहरुमा लेखिएको जस्तो बहिस्कार हैन सदस्यबाट बन्चित गरिएको हो, साथै लोक संगीत सुभचिन्तकका सम्पूर्ण गुनासो र खबरदारीमा प्रतिष्ठान बिधान सम्बत परिधिमा रही राज्यका सम्बन्धित निकायमा सुधारका लागि अनुरोध गरिन्छ”।

उक्त बिज्ञप्तिनै सच्चिएर आए पछि सबै अचम्मित परेका छन। संस्थाले हटाउने निर्णय गरेको एकसातामै दुर्गेशले नयाँ तीज गीत बाहिर ल्याएका हुन् । आफ्नो हिट गीत बीच्च बीच्चको सिक्वेलको रुपमा दुर्गेशले गीत ल्याएका हुन्। उनले यस गीतमार्फत आफ्ना आलो चकलाई जवाफ दिएका छन् । भिडीयो यहाँ लिंकमा छ ।