तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

काठमाडौं := आज मिति २०७८ साल श्रावण २३ गते शनिबार चतुर्दशी तिथि श्रावण कृष्ण पक्ष : सूर्योदय ५ः ३१, सूर्यास्त १८ : ४७  ।

मेष : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

वृष : नसोचेको ठाउँमा धन खर्च हुन सक्छ ।

मिथुन : आमाको आशिर्वादले काम सफल हुन सक्छ ।

कर्कट : मान सम्मान पाउँदा मन हर्षित हुने छ ।

सिंह : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

कन्या : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।

तुला : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुने छ ।

वृश्चिक : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।

धनु : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर जुट्न सक्छ ।

मकर : पठन पाठनका क्षेत्रमा विशेष रुची बढ्ने छ ।

कुम्भ : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मीन : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।