मलेसियामा कोरोना ह्वात्तै बढ्यो, नेपालीहरुको लागि मलेसिया रोजगारी खुल्ने अनिश्चित।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= नेपाली श्रमिकहरुको लागि एउटा् प्रमुख श्रम गन्तव्य मुलुकहरु मध्यको एक हो मलेसिया देश। जहाँ अहिले पनि करिबकरिब ३ लाखको हाराहारीमा नेपाली श्रमिकहरु विभिन्न क्षेत्रमा कार्यरत रहदैँ आएका छ्न।

तर पछिल्लो समय विश्वब्यापी माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को माहामारीले मलेसियामा संक्रमित हुने र मर्नेको संख्यामा व्यापक वृद्धि भएको छ । जसले गर्दा बिगत डेढ बर्षदेखि नेपालीहरुको लागि बन्द भएको मलेसिया रोजगारी निकट भविष्यमा समेत नेपालीहरुको लागि मलेसिया रोजगारी खुल्ने सम्भावना कम हुँदै गैईरहेको देखिन्छ, अनिश्चित नै भएको छ।

आज मिति सन् २०२१/०८/०४ तारिख बुधबारको दिन अहिलेसम्मकै सबै भन्दा बढी १९ हजार ८१९ जना कोरोना संक्रमित फेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। आजसम्म संक्रमित हुने मानिसको सङ्ख्या बढेर ११ लाख ८३ हजार ११० जना पुगेको छ, भने कोरोनाले आजसम्म ९ हजार ८५५ जना मानीसको मृत्यु भैइसकेको छ।

यसैबीच मलेसियाले आफ्ना वयस्क नागरिक मध्ये ३० प्रतिशतलाई पूर्ण कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । मलेसियाका स्वास्थ्यमन्त्रीले सोमवार एकै दिन ४ लाख ६८ हजार भन्दा बढी व्यक्तिलाई खोप लगाएपछि यस्तो बताएको स्थानीय सञ्चार माध्यमहरुले समाचारमा लेखेका छन्।

मलेसियाले पछिल्लो समय खोप लगाउने कार्यलाई व्यापक तिब्रता दिइएको छ। स्वदेशी , विदेशी सबै नागरिकलाई निशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाउन सुविधा उपलब्ध गराएको छ।

साथै मलेसियामा पछिल्लो समय कोरोना संक्रमित भैई मर्ने नेपाली श्रमिकको संख्यामा समेत तीब्र वृद्धि भएको देखिन्छ। अहिलेसम्म कोरोनाले ६५ जना नेपालीको मृत्यु हुनुको साथसाथै करिबकरिब ६,७ हजारको हाराहारीमा नेपालीहरुलाई कोरोना भाइरस लागेको हुन सक्ने मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले देखाउछ।

Advertise