घरफिर्ती कार्यक्रममार्फत मलेसियाबाट ८८ हजार अवैधानिक विदेशी श्रमिक स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा संचालित घरफिर्ती कार्यक्रम (रिक्यालीब्रेसन पुलाङ्) मार्फत ८८ हजार ३४ जना अवैधानिक विदेशी आप्रवासी श्रमिकहरु स्वदेश फर्किन सफल भएका छ्न।

मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) को प्रमुख दातुक खैरुल डिजाईमी दाउदले स्थानीय सञ्चार माध्यमसंगको कुराकानी क्रममा भन्नुभयो, “मलेसियाको सेपाङ् केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा संचालित घरफिर्ती कार्यक्रम मार्फत यहीँ अगस्ट १ तारिखसम्म जम्मा ८८ हजार ३४ जना अवैधानिक विदेशी आप्रवासी श्रमिकहरु आ-आफ्नो देश फर्किन सफल भएको र अगस्ट १ तारिखसम्म लगभग जम्मा १ लाख ७ हजार ५२४ जनाले स्वदेश फर्किनलाई अध्यागमन बिभागमा आवेदन दिइएको जुन सङ्ख्या हेर्दा बिभागले सञ्चालन गरेको कार्यक्रम एकदमै राम्रो प्रभावकारी सावित भएको बिभागका प्रमुख दातुक खैरुलले बताउनुभएको छ।”

दातुक खैरुलका अनुसार यस् कार्यक्रम मार्फत सबै भन्दा बढी इन्डोनेसिया देशका ५६ हजार १५४ जना , त्यस्तै दोस्रोमा १६ हजार १९४ जना भारतिय र ११ हजार ५१० जना बङ्लादेशी र बाँकी नेपाल,म्यानमार लगायतको अन्य देशको गरेर जम्मा ८८ हजार ३४ जना अवैधानिक आप्रवासी श्रमिकहरु स्वदेश फर्किएका छ्न।

दातुक खैरुलले भने कि , “जुलाई ८ तारिखदेखि विमानस्थलबाटै घरफिर्ती कार्यक्रम सुरुभएदेखि विभिन्न सरकारी , गैरसरकारी संघसंस्थाहरुबाट र सम्बन्धित देशको दूतावासहरुबाट पनि राम्रो प्रतिक्रिया पाउनुको साथै सो कार्यक्रमबाट अवैधानिक श्रमिकसंग लिइएको जरिवाना बापत्तको रकम मलेसियन रिंगेट ५२ मिलियन आरएम सङ्कलन गर्न सफल समेत भएका छौँ उनले भने।

Photo source : malaysian imigressen department

साथै उनले थप बोल्दै भने कि “हामीले सामाजिक मिडियामा व्यक्ति र गैरसरकारी संस्थाहरु बाट विभिन्न उजुरीहरु पनि प्राप्त गरेका छौं। मुद्दाहरु मध्ये यो हो कि काउन्टरहरुमा कुनै भौतिक दूरी छैन, खाना र पेय किन्न को लागी कियोस्क को कमी, साथै प्रक्रियाहरु को कारण ढिलाइ को कारण उडानहरु छुटेको छ, यो सबै समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ , जस अन्तर्गत विमानस्थल परिसरमै थप अध्यागमन काउन्टरहरु खोल्ने साथै जोहोरबारु , पोर्टकेलाङ लगायतको ठाउँमा रहेको अन्य काउन्टहरु समेत चाडैं खोलेर संचालनमा ल्याउने उनले भने।

दातुक खैरुलले मलेसियामा अवैधानिक तरिकाले गैर कानुनी हैसियतमा कार्यरत रहनुभएका सम्पुर्ण विदेशी आप्रवासी श्रमिकहरुलाई डिसेम्बर महिना भित्र सम्ममा आ-आफ्नो देश फर्किन चेतावनी समेत दिनुभयो। #Bernama