‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ।

मुम्बई:= कपितपय देशका सेलिब्रेटीहरूको अनौठो हर्कतले कहिलेकाही राम्रै चर्चा पाउने गर्छ । कतिपय सेलिब्रेटीले बोलेको कुरा, कतिपयले लगाएको पहिरनका कुरा निकै चर्चामा आउँछन् ।

यस्तै पछिल्लो समय अश्लील भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आउनुभएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आउनुभएको छ । राज कुन्द्राले बनाएका चलचित्र अश्लील नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिनु भएकी गहनाले आफ्नो कुरा बुझाउन लाइभ आएकी बताउनु भएको छ ।

गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताउनु भएको छ । उहाँले दर्शकलाई सोध्नु भएको छ, ‘के म अश्लील देखिएकी छु ?’

उहालँे अगाडि भन्नुभएको छ, ‘म तपाईंहरू सबैको अगाडि लाइभ बसेकी छु । के म अश्लील वा ‘घटिया’ देखिएकी छु ? के तपाईं यसलाई पोर्न क्याटेगोरीमा गन्न सक्नुहुन्छ ? तर अझै पनि यसलाई तपाईंहरू पोर्नका रूपमा व्याख्या गर्नहुन्न भने मैले सबै कपडा लगाएको भिडियोलाई किन पोर्न भन्नुहुन्छ ? यो गलत हो। मैले कपडा लगाएर बनाएको भिडियो पोर्न अनि केही पनि नलगाएको भिडियो पोर्न नहुने कसरी हुन्छ ?’ गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ क्याप्सन लेख्नुभएको छ । लाइभमा गहना बिना कपडा आएको भए पनि गोप्य अंगभने देखाउनुभएको छैन ।