[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि मलेसिया क्षेत्रीय समिती जोहोरबारुले फुड बैंक स्थापना गर्ने भएको छ।
अहिले विश्वब्यापी माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को माहामारीले मलेसियामा कार्यरत रोजगारी गुमाएका कुनैपनि नेपाली श्रमिक खाद्यान्न अभाव भएर भोकभोकै बस्न नपरोस् र उपचार अभावमा कोहि पनि नमरुन भनेर “हुनेले दिउँ, नहुनेले लिउँ” भन्ने मुल नारा र विशुद्ध श्रमिकको सेवा गर्ने उदेश्यका साथ फुड बैंकको सुरुवात गर्न लागिएको हो।
फुड बैंक स्थापना गर्न मलेसियामा कार्यरत नेपालीहरुसंग एनआरएनए मलेसिया क्षेत्रीय समिती जोहोरबारुले सहयोगको याचना समेत गर्नुभएको छ।
तल हेर्नुहोस एनआरएनए मलेसिया क्षेत्रीय समिती जोहोरबारुले जारी गरेको सुचना :
“हुनेले दिउँ, नहुनेले लिउँ”
विश्व माहामारीको रूपामा फैलिएको कोरोना भाइरसले गर्दा मलेशियामा रहनुभएका कतिपय नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरू भोकभोकै बस्नु परेको छ। मलेशियामा रहेका कूनै पनि नेपाली भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले यस गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय समिति जोहोरबारुले “हुनेले दिउँ, नहुनेले लिउँ” भन्ने मुल नाराका साथ अभियान शुरु गरेको छ ।
जोहोरबारु क्षेत्र भित्र रहनुभएका विशेष गरी रोजगार गुमाएर खान खान समस्यामा परेका, कोभिड संक्रमण भई रोजगारदाताले राम्रो हेरविचार नगरेका, व्यक्तिहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले नेपाली श्रमिकहरुका लागी खाद्यान्न वितरण केन्द्र (FOOD BANK) स्थापना गरेका छौँ । थप जानकारीको लागि आफ्नो नजिक पर्ने तल दिइएका नम्वरमा सम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिती जोहोरबारु
सललाहकार : राकेश प्रसाद महतो (पेलाङतोङ )(0127407762)
सल्लाहकार : सीताराम बस्नेत (PTP) (0194366993)
केन्द्रीय सचिव : नारायण अधिकारी ( नुसाजाया ) (0146231726)
केन्द्रीय कोषाध्यक्ष : कृष्ण प्रसाद नेपाल (प्रमासजाया) (0143677067)
संरक्षक : मिम्म बहादुर गुरुङ्ग ( तामान्डाया ) (0167811567)
संरक्षक : मोहन राई (जे. बी. ) (0127082403)
अध्यक्ष : हरी वस्नेत ( गेलाङपाता)(0146128370)
वरिष्ट उपाध्यक्ष : बेदना श्रेष्ठ (गेलाङपाता)(0102365887) उपाध्यक्ष : युवराज ज्योती (ताम्पोई)(01110235323)
सचिब : राज बहादुर साउँद (मसाई, पासिरगुडाङ) (0126621769)
स-सचिब : बिंदु दर्लामी मगर (कुलाई ) (01121631054)
कोषाध्यक्ष : रेशम कला राई ( सेनाई) (01161187564)
युवा संयोजक : छविलाल गिरी(पेकनानास,पोन्टेङ (01133746691)
सदस्य : विवस ओली (PTP)(0137201597)
सदस्य : हिमाल थापा मगर ( ताम्पोइ )(01136373762)
सदस्य : सैलेस सौगात(पेकनानास,पोन्टेङ(01126564238)
सदस्य : रीमा गुरुङ (ताम्पोइ) (01161258930)
सदस्य : गङ्गा चाम्लिङ्ग राई ( सेनाई ) (0108824681)
सदस्य : सुनिता शाह ( सेनाई )(01128662686)
सदस्य : उर्मिला राई (PTP)(01162192834)
सदस्य : तिलक बहादुर श्रेष्ठ ( देशा चेम्बर्लाइन् )(0187621804)
सदस्य : उषा केसी ( श्रीभागिया )(0125636532)
सदस्य : धुर्व देव लामिछाने (PTP)(01127365020)




















