मुम्बई:= भारतीय चर्चित संगीतकार अनु मलिकमाथि संगीत चोरीको आरोप लागेको छ । फिल्म ‘दिलजले’ को एक गीतको संगीत उहाले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ। जसका कारण उहा अहिले ट्वीटरको ट्रेनिङमा हुनुहुन्छ ।
आइतबार इजरायलले टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेको थियो । सो अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।
मलिक बलिउडका चर्चित संगीतकारको अलवा इन्डियन आइडल १२ का जर्ज पनि हुन् । संगीत चोरीको कारणले उहा सामाजिक सञ्जाल प्रयोगकर्तादेखि ट्रोलसम्मको निशाना बनिरहेका छन् । मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन ।
यस अगाडि पनि उहालाई यस्तो आरोप लागेको थियो । मिटु आन्दोलनको दौरानमा उनलाई यौन शोषणको आरोप पनि लगाइएको थियो । सोही कारण उहाँ इन्डियन आइडलबाट बाहिर हुनुपरेको थियो ।




















