होण्डा सिवी ३५० बजारमा।

काठमाडौं:= नेपालस्थित होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहु प्रतिक्षित होण्डाको सिवी ३५० आरएस नेपाली बजारमा ल्याएको छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीका लागि निर्मित उक्त बाइकमा ३५० सिसिको इन्जिनका साथै मोर्डन फिचरले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार एडभान्स डिजिटल एनालगमिटर, डुएल च्यानल एबीएस साइड स्ट्याण्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्वीच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज उक्त वाइकका विषेशता हुन् । वाइकको मूल्य भने सात लाख ७५ हजार रुपैयाँ रहेको छ ।