वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव र ३ वटा अस्तु नेपाल ल्याइयो।

काठमाडौं:= राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

मलेसिया स्थित नेपाली दुतावास द्धितिय सचिव तथा प्रशासनिक प्रमुख अधिकृत प्रतिक कार्किका अनुसार  आज सवै शव हरु नेपाल एयरलाइन्सको वाईडवडि विमान मार्फत नेपाल पठाईएको हो । त्रिभुवन अन्तराष्टिय विमानस्थल विहानको दृश्य निकै कहाली लाग्दो थियो । कसैले कसैलाई पनि संझाउन सक्ने अवस्थामा थिएन । शवहरुको पहिचान गर्न समेत गाह्रो भएको थियो ।

आज आएका शवहरु मध्ये कम्पनीमा कामगर्दा दुर्घटनामा परेको १ जना ६ जना झुण्डिएर आत्महत्या गरेका र वाकि अन्य विभिन्न कारणवाट निधन भएको थियो । तीनवटा अस्तु मध्ये दुईवटा कोरोना सक्रमित भएर मृत्यु भएको थियो   । अर्का एक जनाले मलेसियामै आत्महत्या गरेका थिए उनको मलेसियामै दाहसंस्कार गरिएको थियो र उनको अस्तुपनि नेपाल ल्याईएको हो ।

आज आएका शवहरुमध्ये झापाजिल्लाको ३ वटा नबलपरासीका २ वटा र सिरहाका २ र अन्य विभिन्न जिल्लाको एक-एक वटा रहेका छन । आज आएका शवहरु मध्ये पाल्पाका एम वहादुर सुनारी,वर्दियाका मनिराम चौधरी,वाराका राम वहादुर कामु,जाजरकोटका सन्दिप विक,वाग्लुङ्का सुनिल विसि,तनहँका झपट वहादुर थापा,पाचँथरका दल वहादुर लावती,ललीतपुरका जीत वहादुर मोक्तान,खोटागका कृष्ण कुमार राई,को रहेको छ ।


यसैगरी सल्यानका वुद्धिराम कामि, सुनसरीका होप वहादुर गुरुङ  ,ओखलढुगाका सोम वहादुर तामाङ ,सिन्धुपाल्चोकका अमर वहादुर माझि,,वैतडिका कर्ण वहादुर भण्डारी सिराहाका रुपेश पुलामि मगर,कपिलवस्तुका श्याम थारु,,झापाका शभु विक र मोरङकि कमलादेवि भण्डारी रहेकि छिन ।

यस्तैगरी दैलेखका लोक वहादुर शाहि,झापाका लोक वहादुर लावती,नवलपरासीका मोती तामाङ ,ओखलढुगाका लक्ष्मण तामाङ, झापाका गोविन्द वोहोरा र सर्लाहिका राज कुमार रायको रहेको छ । यसैगरी नवलपरासीका मोहन प्रसाद चौधरी,सिराहाका रोशन कुमार यादव र डडेलधुराका मिन वहादुर विष्टको रहेको छ ।

यस अघि नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियामा मृत्यु भएका शवहरु तत्काल नेपाल फर्काउन सरकारसँग माग गरेको थियो । नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले शव तत्काल नेपाल फर्काएर परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाइदिन सरकारसँग पहल गरिदिन नेपाली कांग्रेस केन्दीय कार्यालयमार्फत आग्रह समेत गरेका छ्न। लामो समय देखि मलेसियामा नियमित उठान नहुदा शवहरु मलेसियामै अड्किएर रहेका थिए ।