गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लाइ मलेसियाबाट अर्थिक सहयोग।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसिया स्थित SAMSUNG ELECTRONICS COMPANY मा कार्यरत नेपालीहरुको तर्फबाट ४ लाख ३ हजार २ सय ८८ रुपैयाँ बराबरको सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको छ।

रंगशाला निर्माणकार्य को लागि रकम अपुग हुन लागेपछि केही महिना पहिला धुर्मुस सुन्तली फाउन्डेसनले नेपाली एक लाख रुपैया बराबर रकम सहयोग गरे रंगशालाको प्याराफिट मा रहने कुर्सीमा आफ्नो नाम लेखाउन पाउने प्याकेज घोषणा गरेको थियो । सोही अनुरुप उक्त कम्पनीका कार्यरत नेपाली हरुको समुहले आफ्नो नाम मा तिनवटा कुर्सी सुरक्षित गरेका छन।

यस सहयोग र यस अभियानमा जोडिन विशेष भुमिका निर्वाह गर्ने नारायण परियार,राजु थापा, ईश्वर गिरि, खिम प्रसाद रेग्मी,अजय कुमार,विष्णु नेपाली,विबेक गौतम ज्यु , अमृत श्रेष्ठ,विष्णु पन्थी,कृष्ण हरि थापा,सुर्य खाड,रामु राई,सुबास बम र बिनोद लामा लगायत SAMSUNG ELECTRONICS COMPANY मा कार्यरत सम्पुर्ण सहयोगी हातहरुको सहयोग रहेको थियो ।