एनआरएनए मलेसियाको महासचिवमा रन्जित कुमार क्षेत्री निर्विरोध निर्वाचित।

[ दिनेश खड्का’खप्तडी’ ]

क्वालालम्पुर (मलेसिया):= गैरआवसीय नेपाली संघ (एनआरएनए) मलेसियाको महासचिवमा रन्जित कुमार क्षेत्री निर्बिरोध निर्वाचित भएका छन् ।

मलेसियालाई कर्मथलो बनाउँदै आएका रन्जित कुमार क्षेत्री सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन। (२०२१-२३)कार्यकालका लागि महासचिव मा निर्बिरोध भएका हुन्। गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियामार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका कुमार क्षेत्री नेपाली समुदायको उत्थान र कल्याणका निम्ती सदैव कटिबद्ध रहने उनले बताए ।

मलेसियामा बिगत लामो समयदेखि व्यवसायी गर्दै आएका कुमार क्षेत्री एनआरएनए मलेसियामा आबद्ध हुदै दुई कार्यकाल सचिवको जिम्मेदारी समेत सकुशल निर्बाह गरिसकेका छन् ।श्रमिकको हक,हित र अधिकारलाई सुनिश्चित गर्दै र यसमा थप कटिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै महासचिवमा आफ्नो उम्मेदवार दिएका थिए ।

अन्तर्राष्टिय अर्घाखाँची सम्पर्क मंचका अध्यक्ष समेत रहेका कुमार क्षेत्री विभिन्न संघ संस्थासँग आवद्ध छन् । एनआरएनए मलेसियाको अधिवेशन तथा सपथ कार्यक्रम यहि जुलाई ३० तारिखको मिति तय गरेको छ ।