एनआरएनए मलेसियामा विवाद चुलियो, निर्वाचन कमिटीनै विघटन।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महाधिवेशन नजिकिदै गर्दा एनआरएनए मलेसियामा विवाद चुलिएको छ।

एनआरएनए मलेसियामा सन् २०२१ देखि सन् २०२३ सम्मको आगामी कार्यकालको लागि अध्यक्ष लगायतको विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको गोप्य कागजात लगायतको महत्त्वपूर्ण जानकारीहरु बारे महाधिवेशन सम्पन्न गराउन जिम्मेवारी लिइएका निर्वाचन कमिटीलेनै गोप्य सुचना चुहाएकोले विवादित बन्न पुगेको हो।

जानकारी अनुसार निर्वाचन सम्पन्न गराउन एनआरएनए मलेसियाले ५ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरेको थियो । तर , आज जुलाई १९ तारिख सोमबारको दिन निर्वाचन मण्डलका संयोजक पुरुस्वतम कट्टेल लगायत सदस्यहरु क्रमशः विष्णु प्रसाद पौडेल , बाबुराम शर्मा , वासु पोख्रेल , नेपाली दूतावासका प्रतिनिधि लगायतको मिलेर बनेको निर्वाचन कमिटीनै विघटन भएको कुरा निर्वाचन कमिटीलेनै एनआरएनए मलेसियालाई जनाइएको छ।

यता एनआरएनए मलेसियामा आगामी कार्यकालको लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुको भनाइ अनुसार निर्वाचन कमिटीले उम्मेदवारी दर्ता गराउनेहरुलाई अनावश्यक केरकार गर्नेगरेको , दर्ता प्रक्रिया सम्बन्धि भेरिफाई गर्ने बेला मलेसियको अध्यागमन बिभाग (इमिग्रेशन) जस्तै जथाभावी सोधपुछ गरेर अनावश्यक दु:ख दिईरहेको र हामीले निर्वाचन कमिटीलाई उपलब्ध गराईएको गोप्य कागजात हरु समेत लिक गरेको साथै अर्काको पासपोर्ट,भिसा सम्बन्धि महत्त्वपूर्ण कागजात अन्य मानिसहरुलाई जथाभावी पठाएको उम्मेदवारी दिनेहरूले निर्वाचन कमिटीमाथी गम्भीर आरोप लगाएका छ्न।