पार्टीको निर्णय विपरित प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेहरू गद्दार, अराजक: केपी ओली।

काठमाडौं:= नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू गद्दार, अराजक र अनुशासनहीन भएको बताउनु भएको छ ।

गद्दारहरूलाई कारबाही नगर्ने हो भने अब एमाले पार्टी नरहने समेत बताउनु भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आक्रोश पोख्नु भएको हो ।

१० बुँदे सहमति अनुमोदन, माधव नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण 

बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत एमालेका सांसदहरू माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिराचन्द्र केसी, किसान श्रेष्ठ, गोपाल बम श्रेष्ठ, प्रेमबहादुर आले श्रेष्ठ, धनबहादुर बुढा श्रेष्ठ, विना बुढाथोकी, सरला यादव श्रेष्ठ, पुष्पाकुमारी कर्ण श्रेष्ठ, लक्ष्मी चौधरी, निरादेवी जैरु श्रेष्ठ, रामकुमारी झाँक्री श्रेष्ठ, कलिला खातुन श्रेष्ठ, सविना हुसेन र कृष्णलाल महर्जनले दिनु भएको थियो ।