अभिनेत्री नम्रता सापकोटा भन्छिन: विवाह नगरी बच्चा जन्माउन चाहन्छु।

काठमाडौं:= अभिनेत्री नम्रता सापकोटाले विवाह नगरी बच्चा जन्माउने चाहना रहेको बताउनुभएको छ । हालै एक टेलिभिजनका लागि उहाँले दिएको अन्तर्वार्तामा बिहे नगरी बच्चा जन्माउने चाहना रहेको बताउनु भएको हो ।

सो क्रममा उहाँले विवाहभन्दा बच्चा जन्माउन धेरै मन लागेको बताउनुभएको थियो । उहाँले भन्नुभएको छ, ‘भोलि समयले के मोड लिन्छ भन्न सक्दिन । विवाह नभए पनि म बच्चा चाहिँ अवश्य जन्माउँछु ।’

सिंगल आमाले पनि बच्चालाई नागरिकता दिन पाउने कानुनमै बनेको समेत उल्लेख गर्नुभएकी उहाँले आफ्नो त्यस्तै योजना रहेको सुनाउनुभयो । उहाँले अघि भन्नुभएको छ, ‘सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानुपर्छ । ‘म अहिले नै विवाह गर्दिनँ । तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन-चार वर्षमा बिहे भएन भने पनि म बच्चा जन्माउँछु होला’,

उनले अन्तर्वार्तामा भनिन्, ‘यो कुरा मेरो आमा-बुबालाईसमेत जानकारी छ ।’ भगवान्ले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा जन्माउने उहाँको भनाइ राख्नुभएको छ । अहिले बच्चा जन्माउन धेरै तरिका भएको बताउने उहाँ त्यसका लागि विवाह गरेर श्रीमान्–श्रीमती नै हुनु नपर्ने तर्क उहाँको रहेको छ ।