सुदिताको ‘मीठा मीठा’ गीत रिलिज।

काठमाडौ:= नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को नकआउटबाट बाहिरिनु भएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ।

‘मीठा मीठा’ बोलको गीतमा गायिका सुदिताकै शब्द तथा संगीत पनि रहेको छ । यस गीतलाई चर्चित गायक तथा संगीतकार देबेश राईले एरेञ्ज गर्नुभएको छ । यो गीत विशाल चौतारी टिभीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायिका सुदिता राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो । बिछोडको पीडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड हुनुहुन्छ ।

भिडियोलाई विशाल राई निर्देशन गर्नु भएको हो भने छायांकन र सम्पादन विशालकै रहेको छ । गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा व्यस्त रहनु भएको छ । चर्चित गायक राई इज किङ राजेश पायल राईसँगको गीत पनि अहिले चर्चामा छ ।