काठमाडौं:= नेपाली चलचित्र होस् या म्युजिक भिडियो होस्, पछिल्लो समय कलाकार पूजा शर्मा र आकाश श्रेष्ठको जोडीलाई दर्शकले खुवै मन पराउँछन् । यी दुई कलाकारको अन्तर्वार्तादेखि व्यक्तिगत कुराकानी निकै चर्चाको विषय बन्छ । दुईजना प्रेममा छन् भन्ने चर्चा चलिरहँदा पछिल्लो समय बोलचाल नै हरायो भन्ने गसिप पनि बने । तर अहिले पूजा र आकाशले एकै भिडियोमा काम गर्नुभएको छ ।
‘धरती आकाश’ बोलको गीतको भिडियोमा पूजा र आकाशको अभिनय छ । गीतमा दुर्गा खरेल र रोशन अधिकारीको स्वर छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गर्नुभएको छ । उत्सव दाहालले खिचेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोका निर्देशक कार्कीले आफूले भिडियो निर्देशनको समयमा गीतका शब्दसँग अभिनय गर्न सक्ने कलाकार छनोट गर्ने र गीतको मर्मलाई बुझेर भिडियो बनाउने बताउँदै आउनु भएको छ ।
शुक्रबार डिभाइन म्युजिकको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोलाई २४ घण्टामा ३ लाख बढी पटक हेरिएको थियो । यस्तै शनिबार साँझसम्म उक्त भिडियो नेपालको युट्युब टेन्डिङको पाँचौं स्थानसम्म आइपुगेको थियो । भिडियोका लागि युट्युबमा आएका प्रतिक्रिया सकारात्मक छन् ।




















