[ ज्योतिषाचार्य रोदना घिमिरे उपप्रध्यापक ]
आज मिति २०७८ साल श्रावण ३ गते आइतबार नवमी तिथि आषाढ शुक्लपक्ष : सूर्योदय ५ः१९ सूर्यास्त १९ः००।
मेष : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर जुट्न सक्छ ।
वृष : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
मिथुन : अध्ययन अनुसन्धानका कार्यमा विशेष रुचि बढ्नेछ ।
कर्कट : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
सिंह : उदरपीडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।
कन्या : साथीभाइहरूसँग भेट हुँदा रमाइलोका साथ समय बित्न सक्छ ।
तुला : मान सम्मान पाउँदा मन हर्षित हुन सक्छ ।
वृश्चिक : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
धनु : धार्मिक कार्यमा सक्रिय सहभागिता हुनेछ ।
मकर : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ।
कुम्भ : वस्त्र अलंकारका सामानहरू प्राप्त हुनसक्छ ।
मीन : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।




















