मृगौलामा समस्या देखिएपछि कलाकार पल्पसा डंगोल अस्पताल भर्ना।

काठमाडौं:= हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात् कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् ।

जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् । उनमा केहीदिन अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो ।

सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि सम’स्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरि एको हो। कलाकार दीपाश्रीका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडिया लगायत अभिनय निर्देशन समेत गरेकी छन् । उनकै निर्देशन अभिनय रहेको सिआइडी सिरियल ‘दृष्टि’ समेत दर्शकले रुचाएका थिए ।