सिम्रौनगढ नगरपालिकाले काम नगरि भुक्तानी गरेको पाइएकोले प्रदेश सरकारद्वारा अनुगमन।

बारा := सिम्रौनगढ नगरपालिकाले कामै नगरी प्रदेश स्तरीय बजेट उपभोक्ता समिती मार्फत भुक्तानी गरेपछि प्रदेश सरकारको सरकारी टोलिद्वारा योजनाको स्थलगत अनुगमन शुक्रवार गरिएको छ ।

सिम्रौनगढ नगरपालिकाले आ ब ०७७/०७८ मा प्रदेश बाट प्राप्त करइब पाचदेअ करोडको योजना मध्ये रु. तीन करोड रुपैयाँ बराबरको योजना कामै नगरी भुक्तानी गरेपछि छानबिनको लागि अनुगमन टोलि नगरपालिकाम आएको प्रदेश सभामुख सरोज यादवले बताए ।

प्रदेश नम्बर २ को उपसभामुख एवं अनुगमन समितिको संयोजक उमा देबिको अगुवाईमा रहेको टोलिले सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र साहलाई भेटेको र योजनाको बिषयमा जानकारी लिन खोजिएको थियो ।

सिम्रौनगढ नपा १ स्थित रहेको रानिबास मन्दिर नजिक रहेको विभिन्न ६ वरा योजनाको स्थलगत अनुगमन गर्दा खेलकुद भवन असार ३१ गते देखि शुरु गरिएको जबकी त्यसको लागि प्रदेश न.२ बाट २० लाख रुपैया सात महिना अगाडि नै नगरपालिकामा आएको सभामुख यादवले बताए ।

सभामुख यादवको विभिन्न ६ वटा बीस बीस लाखको योजना सामुदायिक भवन निर्माण , बर्थिङ्ग सेन्टर निर्माण , खेलकुद भवन , सिमरौनगढ संग्राहलय , कचोर्वा बिधालयमा बीस लाख रकम कामै नगरि उपभोक्ता समिती मार्फत भुक्तानी गरेको सभामुख सरोज यादवले बताए ।

त्यसैगरी सिम्रौनगढ नपा १ स्थित रहेको अशोक मिल देखि हरिहर पुर जाने बाटोको ढलान नभएको तर २० लाख रकम भुक्तानी गरिएको त्यसतै ,जोडा पिपलको रुख देखि रानिबास मंदिर सम्मको ६० लाखको ढलान गर्न बांकी रहेको तर सिम्रौनगढ नगरपालिकाको कार्यलयले उपभोक्ता समिती मार्फत रकम निकासा गरिएको कार्यपालिका सदस्य प्रमानन्द मुखियाले बताए।

आ.ब. ०७७/०७८ सक्न लाग्दा सिम्रौनगढ नगरपालिकाले प्रदेश स्तरिय विभिन्न योजना बजेट कामै नगरी भुक्तानी गरेपछि छानबिनको लागि अनुगमन समिति आएको हो । यश सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र साहले आफू भर्खर आएको आफुलाई योजना बारे जानकारी नभएको प्रतिक्रिया दिनु भएको थियो ।