एनआरएनए मलेसियाको अध्यक्ष पदमा बिनोद थापाको उम्मेदवारी दर्ता (घोषणापत्र सहित)

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सन् २०२१ देखि २०२३ सम्मको आगामी कार्यकालको लागी अध्यक्ष पदमा बिनोद थापाले उम्मेदवारी दर्ता गराएका छ्न।

यहीँ महिना जुलाई २३,२४ तारिखको दिन आयोजना हुन लागिएको एनआरएनए मलेसियाको महाधिवेशनमा आगामी कार्यकालको लागि अध्यक्ष पदमा दाबेदारी गर्दै बिनोद थापाले निर्वाचन आयुक्त समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

थापाले आगामी कार्यकालको लागि अध्यक्ष पदमा विजयी गराउनको लागि एनआरएनए मलेसियाको पुरानो समितीको ९०% पदाधिकारीहरुको पुर्ण समर्थन आफू तिर रहेको दाबी गर्नुभएको छ। त्यसको अलावा यहाँ आफू पनि ब्यावसायी संगसंगै श्रमिकमैत्री ब्यक्तिनै रहेको कारण मलेसियामा कार्यरत एनआरएनए मलेसियाको सदस्य श्रमिकहरुको  भोट पनि बिनोद थापा आफूलेनै पाउनेमा विश्वास व्यक्त गर्नुभएको छ।

साथसाथै यता एनआरएनए मलेसियाको बर्तमानको वरिष्ठ-उपाध्यक्ष सुन्दर आले मगरले समेत अध्यक्ष पदको उम्मेदवार थापालाईनै विजयी गराउने आशँका देखिएको छ।

अध्यक्षपदमा उम्मेदवारी दर्ता गराउनुभएको बिनोद थापाको प्रतिबद्धता पत्र हेर्नुहोस:

नोट : जानकारी अनुसार एनआरएनए मलेसियाको महाधिवेशन मार्फत सन् २०२१ देखि २०२३ सम्मको आगामी कार्यकालको लागि क-कसले ? कुन – कुन पदमा उम्मेदवारी दर्ता गराउनुभयो? भन्ने बिषयमा स्पष्ट आधिकारिक पत्र भोलिसम्ममा निर्वाचन समितीले सार्वजनिक गर्नेछ्न।