कण्डम नलगाएकोे अभिव्यक्ति दिने टिकटक स्टार विवादमा।

एजेन्सी := स्पेनी सामाजिक सञ्जालका चर्चित व्यक्तित्व, गायक तथा टिकटकमा दुई करोड ६० लाख फलोअर बनाउन सफल एक किशोरले गरेको यौन प्रतिक्रियालाई लिएर व्यापक रूपमा तीव्र आलोचना हुन थालेका छन् । उनले आफ्नो परिवार नियोजन गरिएका भन्दै यौन पार्टनरहरूसँग आफूले बिना कण्डम यौन सम्पर्क राख्ने गरेको तथ्य सार्वजनिक गरेपछि उनको आलोचना हुन थालेको हो ।

ट्विटर र स्पेनी मूलधार सञ्चार माध्यममार्फत अधिकांश आक्रोशित महिला तथा बालिकाहरूले १९ वर्षीय नाइम दार्रेचीको अभिव्यक्तिको आलोचना गरेका छन् । आफ्नो निकै विरोध हुन थालेपछि उनले पछि इन्स्टाग्राममार्फत भनेका छन् – ‘म साँच्चै क्षमाप्रार्थी छु । मैले त्यो कुरा खाली ख्याल–ख्यालमा मात्र भनेको हुँ ।’स्पेनको लंैगिक समानता मन्त्री इर्ने मोन्टेर्रोले कानुनविद्हरूलाई दार्रेचीमाथि अनुसन्धान गर्न अनुरोध गरेकी छन् । मोन्टेर्रोले ट्विटरमार्फत भनेकी छन् – ‘दार्रेचीले कतै सत्य कुरा नै पो भनेको हो कि भन्ने विषयमा वकिलहरूलाई छानबिन गर्न आग्रह गर्दछु । उनको यौनात्मक धोका पीडित सम्भावित महिलाहरू पनि पत्ता लगाउन आग्रह गर्दछु । उनको भनाइ सत्य हो भने त्यो स्पेनको प्रचलित कानुनअनुसार यौन उत्पीडन हुन आउँछ । नयाँ कानुनअनुसार बिना सहमति असुरक्षित यौन सम्पर्क राख्नु पनि यौन उत्पीडन नै हो ।’

दार्रेचीले स्पेनी युट्युबर मोस्तो पापीलाई यस्तो भनेको भिडियो – ‘कण्डम लगाउँदा मलाई असजिलो महसुस हुन्छ । त्यसैले, मैले कहिल्यै पनि कण्डम प्रयोग गर्दिनँ । असुरक्षित यौन सम्पर्क राख्दा पनि मेरा कोही पनि पार्टनरहरू अहिलेसम्म गर्भवती भएका छैनन् । किनभने मैले परिवार नियोजन गरेको छु ।’गत मे महिनामा पनि एउटा टिकटक भिडियोमार्फत गर्भपतनको विरोध गरेर उनी सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।