चेतावनीः यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ।
एजेन्सी:= इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बलात्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन्। यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ।
३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई बलात्कार गरे। उक्त यौन हमलामा उनको गुप्ताङ्ग, नाडी र अनुहारमा चोट लाग्यो।




















