सम्बन्ध विच्छेदपछि पनि लद्दाखमा एकसाथ देखिए आमिर-किरण।

एजेन्सी := ३ जुलाईमा बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए। तर, सम्बन्ध विच्छेद गरेपछि पनि उनीहरु पुन: एकसाथ देखिएका छन्

फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङका क्रममा आमिरसँगै किरण समेत लद्दाख गएकी छिन्। दुबै जना रमाइलो गर्दैँ डान्स गरिरहेको एक भिडियोमा देख्न सकिन्छ।

लद्दाखको परम्परागत पोशाक लगाएर आमिर-किरण सँगै नाचेको उक्त भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ। भिडियोमा लद्दाख निवासी स्थानीयहरुले आमिरलाई त्यहाँको परम्परागत डान्सको स्टेप सिकाइरहेको र उनीहरुले त्यसैको नक्कल गरिरहेको देखिन्छ।

 

सम्बन्ध विच्छेदको घोषणा गरेपछि पनि आमिर र किरण एक भिडियोमा सँगै एकअर्काको हात समात्दै देखिएका थिए। साथै सम्बन्ध परिवर्तन भए पनि दुवै एक अर्कालाई सधैं साथ दिने समेत जानकारी गराएका थिए।