‘फ्यामिली एण्ड फ्रेन्ड्स’ प्याकेज।

काठमाडौं:= खोप लिइसकेका यात्रुका लागि कतार खुला भएसँगै डिस्कभर कतारले कतार एयरवेज होलिडेजसँग सहकार्य गर्दै साथीभाइ तथा परिवारसँग कतारमा भेट गर्ने अन्तर्राष्ट्रिय यात्रुका लागि विशेष प्याकेज ल्याएको छ ।

प्रवेशका लागि अनिवार्यरूपमा कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो । कतार एयरवेज होलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकको परिवार र साथीभाइसँगको अनुभव वृद्धि गर्ने उद्देश्यले होटलमा विशेष छुटका साथ विशेष योजना प्रदान गर्ने भएको हो ।

फ्यामिली एण्ड फ्रेन्ड्स प्याकेजअन्तर्गत प्रतिव्यक्ति १७ सय २१ कतारी रियालदेखि सुरु र हिल्टन दोहा, हिल्टन साल्वावीच रिसोर्टलगायतका अग्रणी होटलमा पाँचदेखि १० रातका लागि सेवा उपलब्ध हुने कतार एयरलाइन्सले जनाएको छ ।