काठमाडौं:= बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेप्नुभएको पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ ।
ललिता निवास जग्गा प्रकरणमा मुछिनु भएको उहाँ बुधबार अदालतमा हाजिर हुनु भएको हो ।विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको हो । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर हुनु भएको थियो ।
गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । गच्छदार माथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छदार सहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।




















