अर्थमन्त्री शर्माको पहिलो निर्णयः कोरोना खोपका लागि पाँच अर्ब निकासा गर्ने।

काठमाडौं := नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेका छन् ।

बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था गरेका छन्।

त्यस्तै, अर्थमन्त्री शर्माले कोरोना जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसीयू तथा भेन्टिलेटर खरिदका लागि पनि रकम स्वीकृति दिएका छन् ।