देउवा सरकारमा ५ सदस्यीय मन्त्रिपरिषद गठन।

काठमाडौं:= नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त हुनु भएको देउवाले नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको दल नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्नुभएको छ । सत्ता साझेदार दल माओवादी केन्द्रबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ ।

नवनियुक्त हुनुभएका चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आजै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । मंगलबार साँझ पाँचौपटक प्रधानमन्त्रीको सपथग्रहण लिनुभएको देउवाले मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।