दुबई (युएई) मा संसारकै सबैभन्दा गहिरो पौडीपोखरी सञ्चालनमा।

दुबई:= संयुक्त अरब एमिरेट्सको दुबईमा संसारको सबैभन्दा गहिरो पौडीपोखरी सञ्चालनमा आएको छ । यसैसाता ६० मिटर (१९६ फिट गहिरो) स्विमिङ पुल सञ्चालनमा आएको हो।

पानीमुनिको शहरजस्तो देखिने डिजाइनमा निर्माण भएको उक्त पुल ६ वटा ओलम्पिकका पौडी पोखरी बराबर ठूलो छ । जसमा १.४ करोड लिटर पानी अटाउँछ । पुलभित्र खाली अपार्टमेन्ट, ग्यारेजसहित इन्डोर गेम्स सुविधा र ८० सिट क्षमताको रेष्टुरेन्ट पनि सञ्चालनमा छ ।

अहिले सबैका लागि यो पुल सञ्चालनमा ल्याइएको छैन । निम्तो गरिएका पाहुनाले मात्र यो स्विमिङ पुलमा प्रवेश पाउँछन् । सर्वसाधारणका लागि भने जुलाई अन्त्यसम्म बुकिङ खुल्ने जनाइएको छ ।