सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित तिमी निष्ठुरी हौ सार्वजनिक (भिडियो)

काठमाडौँ:= गायक बेदु सारु मगरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ ।  यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् ।  गीतमा गायक मगरको नै संगीत रहेको छ ।

दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन् ।  प्रेम जोडी बीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् । भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् ।  सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

गायक मगरको आधिकारिक च्यानल ‘बेदु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।  भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।  नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।