‘ड्रिम गर्ल’ को सिक्वेल बन्ने।

मुम्वई := चलचित्र ‘ड्रिम गर्ल’ को सिक्वेल बन्ने भएको छ । सन् २०१९ को हिट चलचित्र ‘ड्रिम गर्ल’ को सिक्वेल बन्ने भएको हो। आयुष्मान खुराना र नुसरत भारुचाको अभिनय रहेको यो चलचित्रको निर्माता एकता कपुर र लेखक तथा निर्देशक राज सान्धिल्य हुनुहुन्छ ।

चलचित्रले दर्शकलाई सन् ९० को दशकका अभिनेता गोविन्दाको स्मरण गराइदिएको थियो । चलचित्रले बक्स अफिसमा १४२ दशमलब २६ करोडको व्यापार गरेको थियो ।

‘ड्रिम गर्लले थिएटरमा मात्र होइन, टेलिभिजनमा पनि सफलता पाएको थियो । यो चलचित्रलाई दर्शकले दोहो¥याएर हेरेका थिए । त्यही कारण पनि निर्माताहरू यसको सिक्वेलको तयारीमा जुटेका छन्,’ भनिएको छ ।

निर्देशक राज यतिबेला चलचित्रको स्क्रिप्टको तयारी गरिरहनुभएको छ । चलचित्रको सिक्वेलमा निर्माण पक्षले आयुष्मानलाई नै अभिनय गराउने पक्कापक्की जस्तै भइसकेको छ ।