सुवर्ण गाउँपालिकाले कुनै सुचना प्रकाशितनै नगरी लक्षित बर्गको कार्यक्रम सञ्चालन गर्दै।

[ अभय दुबे ]

बारा:= आर्थिक बर्ष २०७७/२०७८ सकिनै लाग्दा पनि कुनै सुचना प्रकाशितनै नगरी लक्षित बर्गको कार्यक्रम सुवर्ण गाउँपालिकाले संचालन गर्न लागेको छ ।

सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीबास्तव र समाजिक बिकास शाखा प्रमुख संजिव रामले आर्थिक प्रलोभनमा आफ्नो नजिकको गैरसरकारी संघसंस्था बाट असारको अन्तिम सातामा समझौता गरि लक्षित बर्गको कार्यक्रम संचालन गर्न लागेको रहस्य बाहिरिएको हो।

सुवर्ण गाउँपालिकाले आ.ब. ०७७/०७८ को माघ महिना पनि सुचना पारदर्शी नै नगरी कोटेसनमा विभिन्न संघसंस्था बाट ४० प्रतिशत सम्म कमिसन लिइ कार्यक्रम संचालन गरेपछि त्यसको सबैतिर आलोचना गरिएको थियो । त्यसैगरि कोरोना महामारीको दोस्रो लहर अलिकति खुकुलो हुने बितिक्कै रकमको चलखेलमा प्रमुख प्रशासकिय अधिकृत श्रीबास्तव र समाजिक बिकास शाखा प्रमुख रामले धमाधम संघ संस्था संग समझौता गरि कार्यक्रम संचालन गर्न लागेको हो।

समाजिक बिकास शाखा प्रमुख संजिव रामले कार्यक्रम संचालनको लागि संस्था बाट समझौता गरिएको र कार्यक्रम आयोजना गर्न दिइएको बताए। आर्थिक बर्ष समाप्त हुन लागेको अवस्थामा गैरसरकारी संघसंस्था बाट कार्यक्रम संचालन गर्नु प्रभावकारी नभएको स्थानीयहरुको भनाइ रहेको छ।

सुवर्ण गाउँपालिकाले यश अघि पनि पहिलो फेजको कार्यक्रम पारदर्शी नै नगरी कार्यक्रम संचालन गरेको थियो । स्मरणहोस सुवर्ण गाउँपालिकाको वडा न ४ हर्दिया समेत बिधालयको भवन निर्माणको लागि गरिएको टेण्डर प्रक्रिया कमिसनको चलखेलमा अर्कै ठेकेदारलाई प्रदान गरेपछि विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएको थियो । यो बिषयमा सुवर्ण गाउँपालिकाको प्रमुख प्रधासकिय अधिकृत नवीन श्रीबास्तव संग बुझ्दा उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।