ओखलढुंगा एकता सेवा समाज मलेसियाद्वारा संकलित सहयोग सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न ।

बिहीवार असार २४ गते २०७८ (07/08/2021) का दिन ओखलढुंगा एकता सेवा समाज मलेशियाले भर्चुअल Zoom मार्फत कार्यक्रम गरेको थियो कार्यक्रम संचालन संस्थाका पुर्ब वरिष्ठ सल्लाहकार भुपाल कार्कीले गर्नु भएको थियो भने सहजीकरण संस्थाका प्रमुख सल्लाहकार यादव कुमार खत्रीले गर्नु भएको थियो संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रम गरिएको थियो प्रमुख अतिथि केन्द्रिय अध्यक्ष सुजन घिमिरे ज्यु हुनुहुन्थ्यो भने बिशिस्ट अतिथि ओखलढुंगा सेवा समाज कोरियाका निवर्तमान अध्यक्ष तथा बिश्वब्यापी संजाल ओखलढुंगा वर्तमान सचीव श्रीराम तमु ज्यु हुनुहुन्थ्यो बिशेष अतिथि ओखलढुंगा सेवा समाज कतारका अध्यक्ष भिम निश्चल तामाङ हुनुहुन्थ्यो भने अतिथि साउदी बाट सुवास मोक्तान तामाङ रमेश थापा मगर भारत बाट पेसल बुढाथोकी ओखलढुंगा एकता सेवा समाज मलेसियाका भुतपुर्व अध्यक्ष नेपाल बाट हिरा बाहादुर थापा केन्द्रिय सचीव निरान्जन खतिवडा केन्द्रिय उपाध्यक्ष जीवन श्रेष्ठ ज्युहरु रहनु भएको थियो भने संस्थाका पदाधिकारी र सहयोगी सहित बाक्लो उपस्थिति रहेको थियो कार्यक्रम राष्ट्रिय गित बाट सुरु गरिएको थियो भने स्वागत मन्तव्य संस्थाका पुर्व अध्यक्ष तथा संरक्षक श्री हिरालाल दयाल ज्युले राख्नु भएको थियो अतिथि सबैलाई मन्तव्य राख्ने अवसर दिएको थियो भने संस्थाका सदस्य दिलु बिरही कान्छा र राजु परियारले गित गजल प्रस्तुत गरेर कार्यक्रमलाई अझै रोचक बनाईदिनु भएको थियो।कार्यक्रमका बिशिस्ट अतिथि श्रीराम तमु ज्युले बिश्वब्यापी संजाल द्वारा गरिएका कामको सम्पुर्ण जानकारी गराउनु भएको थियो कोरोना महामारीका कारण देशनै भयभित भए पछि विश्वभरी छरीएर रहेका प्रवासी ओखलढुंगा बासी लाई समेट्ने गरि बेलायत बाट सिबजी श्रेष्ठ ज्यु को संयोजकमा covid-19 बिरुद्ध बिश्वब्यापी ओखलढुंङ्गेली संजाल स्थापना गरिएको थियो यसै अभियानमा मलेसियामा पनि ओखलढुंगा एकता सेवा समाज मलेसियाका अध्यक्ष र सहसचिवको नेतृत्वमा आर्थिक संकलन अभियान गत महिनाको जुन 1 तारिख बाट संचालन गरिएको थियो अभियानमा करिब 56 जना ओखलढुंगा बासी जोडिनु भएको थियो भने आर्थिक संकलन अभियान जुन 28 तारिख बाट पुर्ण रुपमा बन्द गरिएको थियो संकलन रकम रु 2,26,300 (दुई लाख छबिस हजार तीन सय )ओखलढुंगा बिश्वब्यापी संजाल मातहत पठाई सकिएको छ ।
मन्तव्यको क्रममा कार्यक्रमका बिशिस्ट अतिथि तथा बिश्वब्यापी संजालका सचीव श्रीराम तमु ज्युले बिश्वब्यापी ओखलढुंङ्गेली संजालमा विभिन्न २१ देशबाट ओखलढुंङ्गेहरुबाट एक एक जना संयोजक तोकेर अभियान चलाएर जम्मा संकलित रकम ७०९४००० ( सत्तरी लाख चौरानब्बे हजार ) संकलन भएको रकम
कोरोना रोकथाम तथा न्यूनीकरणको लागि स्थानीय समितिको परामर्श तथा समन्वयमा जिल्ला अस्पताल रुम्जाटारलाई -२ थान,सामुदायिक अस्पताल सोब्रुलाई-५ थान,खिजिदेम्बा कोविड अस्पताल -१ थान ICU Bed,७५ वडामा रहेको स्वास्थ्य चौकी तथा ३ वटा स्वास्थ्य केन्द्र समेत गरि जिल्लाका ७८ वटा स्वास्थ केन्द्रलाई १/१ थान नर्मल बेड र ४० लि.को Equipment सहितको Oxygen Cylinder १/१ थान सिलिन्डर, जिल्ला अस्पताल रुम्जाटारलाई १० थान सिलिन्डर यसै गरि जिल्ला अस्पताल रुम्जाटार र रानिवन अस्पताललाई १/१ थान Semi Biochemistry Analyzer,सुनकोशी गाउँपालिकाको अस्पताललाई USG Machine (video xray)-१ थान र लिखु अस्पताललाई 2 D USG Machine-१थान खरिद गर्ने निर्णय भइ केही सामग्री जिल्ला पुगेर सेवा सुचारु भैसकेको छ भने केही पुग्ने क्रममा रहेको छ।यसको अतिरिक्त ओखलढुंगा केही दुर्गम स्थान मा रहेको स्वास्थ्य केन्द्रहरुमा कोविड -१९ रोकथाम तथा न्यूनीकरण कोलागि अत्यावश्यक र आधार भुत स्वास्थ सामग्रीहरु पनि केही मात्रामा सहयोग गरेको छ।संजालले उपलब्ध गराउने सम्पुर्ण स्वास्थ्य सामग्री समबन्धित अस्पताल तथा स्वास्थ केन्द्रलाइ हस्तान्तरण गरिसकेपछी यश अभियानमा भएको सम्पुर्ण खर्च विवरण सहित आय व्यव पारदर्शी रुपमा सार्वजनिक गरि अभियान समापन गरिने संजालका सचीव ज्यु ले जानकारी गराउदै
हौसला साथ सहयोग सपोर्ट गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सहभागी भएर ओखलढुंगा एकता सेवा समाज मलेशियाले गरेको सहयोग सार्बजनिक सहयोगीहरुलाई धन्यवाद ज्ञापन साथै सम्मान पत्र बितरण सम्बन्धि कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार्दै उपस्थिति भएर कार्यक्रमको सोभा बढाइदिनुभएकोमा उपस्थित सम्पुर्ण प्रमुख अतिथि ज्यु बिशिस्ट अतिथि ज्यु हरु अतिथि ज्यु हरु नेपालबाट उपस्थिति जनाउनुहुने सस्थाका पदाधिकारी ज्यु हरु मलेशिया सस्थाका पदाधिकारी ज्यु हरु मातृभुमी ओखलढुंगामा कोरोना भाइर्स नियन्त्रण सहयोगार्थ अभियानमा मलेशिया सस्था मार्फत जोडिएर सहयोग गर्नुहुने सहयोगी हातहरु सम्पुर्णमा ओखलढुंगा एकता सेवा समाज मलेशिया परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

एसै कार्यक्रममा भएका प्राबिधिक गडबडी वा पुर्वतयारी मा भएका कमिकमजोरीको कारण कार्यक्रममा परेको असर प्रती सम्पुर्ण अतिथि ज्यु हरु सहयोगी हातहरु सबैसमक्ष सस्था परिवार क्षमा चाहन्छौ । हाम्रो प्राबिधिक गडबडीको कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएका निमन्त्रीत अतिथि ज्यु हरु समक्ष पनि क्षमाप्राथी छौ आगामी दिनहरुमा हाम्रा कमजोर पक्षलाई अबश्य सुधार गर्नेछौ । विभिन्न अवरोहका बाबजुद पनि कार्यक्रम सफल भएको महसुस गरेका छौ । आगामी दिनहरुमा पनि सदैब यहाहरुको साथ सपोर्ट सहयोग सहकार्य पाइरहने आशा गर्दै यहाहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त
गर्दछौ ।।
ओखलढुंगा एकता सेवा समाज मलेशिया