जसपा ने. समाज इजरायलको प्रथम अधिवेशन, दोस्रो स्थापना दिवस अगस्ट १४ तारिख।

इजरायल:= जनता समाजवादी पार्टी नेपालको प्रवास शाखाको रुपमा रहेको “जसपा नेपाली समाज (NeSo) इजरायल” ले आफ्नो एतिहासिक प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस मनाउने भएको छ।

राजनीतिकमा चासो राख्ने नेपालमा बसोबास गर्नेले मात्रै होइन, पछिल्लो समय विश्वका विभिन्न देशमा कार्यरत रहेका नेपाली हरूले समेत चासो राख्न थालेका छन्। पछिल्लो समय यता नेपालका ठूल ठूला पार्टीले अन्तराष्ट्रियस्तरमा पनि संगठन बिस्तार गर्ने हरुको संख्या बढिरहेको छ ।

त्यसै क्रममा जसपा नेपाली प्रवास संगठन नेपाली समाज (Neso) इजरायलले पनि नेपाली जनताको लागि र देशको परिवर्तनका निमित स्थापना भएको यस समाजले आफ्नो अधिवेशनको तयारीमा जुटेको बताइएको छ।

कार्यक्रममा अधिवेशन सँगै कला क्षेत्रलाई पनि प्रथामिकता दिदैँ गीत बिमोचन कार्यक्रम पनि रहेको आयोजक टिमले बताएको छ। कार्यक्रम हुने मिति भने आउँदो अगष्ट १४ तारिख को दिन नेपाली समय अनुसार१:४५ बजे सुरु हुने र इजरायलको स्थानीय समय अनुसार विहान ११:००बजे देखि सुरु हुने जसपा नेपाली समाज ईजरायलका महासचिव अनिला मोक्तान तामाङले जानकारी दिनुभयो।

उक्त कार्यक्रम बर्तमान विषम परिस्थितिलाई ख्याल गर्दै भर्चुअल मार्फत गरिने र ईजरायलमा रहनु भएका सम्पूर्ण नेपाली हरुलाई उपस्थितिको लागि पनि समाजले आह्वान समेत गरेको छ।