जन्मदिनको अवसरमा समाजसेवी राज बहादुरद्वारा आश्रमलाई आर्थिक सहयोग प्रदान।

[ दिनेश खड्का खप्तडि ] 

कैलाली:= जन्मदिन त सबैको आउँछ अनि त्यसै गरेर जान्छ । पछिल्लो समय यता जन्मदिन भव्य र सभ्य तरिकाले मनाउने हरुको जनसंख्या बढिरहेको पाइन्छ अनि धेरै खर्च पनि हुने गर्दछ । जन्मदिन केवल एक दिनमा मात्र सिमित हुन्छ तर समाजसेवी राज बहादुर साउँदले आफ्नो जन्मदिनको अवसरमा धनगढीमा रहेको मानवसेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरिएका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया जोहोरबारु क्षेत्रिय समिति अध्यक्ष समेत रहेका साउँदले मानवसेवा आश्रममा रहेका बेसहारा, अशक्त, असहाय, अनाथ बालबालिकाहरुलाई थोरै भए पनि एक छाक खानको लागि सहयोग गर्न पाउदा असाध्यै खुसी भएको बताएका छन् । उनको जन्म सुदूरपश्चिम प्रदेश पर्शुराम नगरपालिका १० डडेलधुराको जजोलामा भएको हो।

जन्मदिनको अवसरमा केक काटिएर ठुलो पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले नेपाली रु.१० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको साउँदले बताए ।

गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रिय समितिको दुई हप्ता अगाडी मात्रै सम्पन्न भएको अधिवेशनबाट सर्वसम्मत सचिवमा चयन हुनु भएका राज बहादुर साउँद मलेसियामा रहेर विभिन्न कारणले समस्यामा परेका नेपाली श्रमिकहरुको उद्धार गर्दै,सहयोग गर्दै आएका छन्।