मुम्बई:= बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नयाँ चलचित्रमा सेक्स वर्करको भूमिकामा देखिने हुनुभएको छ । सञ्जय लीला भंसालीको नयाँ प्रोजेट वेब शो ‘हीरामण्डी’मा उहाँ यो भूमिकामा देखिन लाग्नुभएको हो ।
केही दिन पहिले चलचित्र ‘गंगुबाई काठियावाडी’को सुटिङ सकाएका भंसालीले अहिले ‘हीरामण्डी’को समेत काम सुरु गर्नुभएको छ । जसका लागि सोनाक्षीसमेत फाइनल भएको समाचार बाहिरिएको छ । सोनाक्षीका पिता शत्रुध्न सिन्हाको पनि चाहना छोरीले भंसालीसँग काम गरोस् भन्ने थियो ।
‘हीरामण्डी’ का लागि बलिउड अभिनेत्री हुमा कुरैशीसमेत फाइनल हुनुभएको छ । रिपोर्टका अनुशार यो प्रोजेटमा सोनाक्षी र हुमा दुवैलाई सेक्स वर्करको रूपमा देख्न पाइनेछ । सोनाक्षीले भूमिकामा आफूलाई भिजाउन तयारीसमेत सुरु गरिसक्नुभएको छ ।




















