बलिउड अभिनेता नसीरुद्दीन अस्पतालबाट डिस्चार्ज।

मुम्बई := बलिउड अभिनेता नसीरुद्दीन शाह निको भएर अस्पतालबाट घर फर्किनु भएको छ । निमोनिया भएर अस्पताल भर्ना हुनुभएका उहाँ नौ दिनको बसाइपछि बुधबार घर फर्किनु भएको हो ।

उहाँका छोरा विवान शाहले बुबा डिस्चार्ज भएर घर फर्किएको इन्स्टाग्राममार्फत जानकारी दिनुभएको हो । गत सोमवार शाहले आफू डिस्चार्ज हुन लागेको बताउनुभएको थियो । तर स्वास्थ्यमा राम्ररी सुधार हुन नसक्दा उहाँ डिस्चार्ज हुन सक्नु भएको थिएन ।

७० वर्षीय शाहलाई निमोनिया भएपछि २९ जुनमा मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । साथै रिपोर्टमा उहाँको फोक्सोमा सानो प्वालसमेत देखिएको थियो ।