कोदोको लोकल रक्सी ब्राण्डिङ गर्छौं : मन्त्री उषा कला राई।

काठमाडौं := प्रदेश-१ की सामाजिक विकास मन्त्री उषा कला राईले तामाको भा’डामा उत्पादन गरिएका कोदोको लोकल र’क्सी ब्रा’ण्डिङ गर्ने बताएकी छन् । आफ्नो कार्यक्षेत्र नभ एपनि र’क्सी ब्रा’ण्डिङका लागि अध्ययन समिति बनाएकी मन्त्री राईले बुधबार प्रदेशसभामा बोल्ने क्रममा तामाको भाडामा राष्ट्रियता बोकेको लो’कल र’क्सी उत्पादन गरेर ब्रा’ण्डिङ गर्ने बताएकी हुन्।

प्रदेश-१ प्रदेशसभामा बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले र’क्सी ब्रा’ण्डिङ गरेर आर्थिक समृद्धिमा जोड्ने बताइन् । ‘र’क्सी, जब अन्तर्राष्ट्रिय रुपमा हामीले बे’च्ने कुरा गर्दै छौं भने यसले राष्ट्रियताको सवाल राख्छ, राष्ट्रियता बोके को नेपालको र’क्सी कस्तो हुन्छ ?’ उनले भनिन्, ‘त्यो उत्पादन गर्न हामी गइरहेका छौं।’ सिलबर र अन्य धा’तुको भाडामा नभई तामाकै भा’डामा कोदोको र’क्सी बनाएर अन्तर्राष्ट्रिय रुपमा ब्रा’ण्डिङ गर्ने उनले बताइन्।

‘कुनै सिलबरको भाडामा होइन, कुनै अरु धातुमा होइन, हाम्रो आफ्नै प्रविधि, सं’स्कृति, आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानिकरण गर्न गइरहेका छौं,’ सम्बोधनका क्रममा मन्त्रीले भनिन्, ‘अब तामाकै भाडामा ज’डिबुटी सहित को’दोबाट बनेको र’क्सी बनाउछौँ।’ उत्पादन पछि वैज्ञानिक रुपमा प्रसोधन गरेर दोस्रोस्टेजमा लैजाने उनले बताए। ‘अब हामी अन्तर्राष्ट्रिय रुपमा जति प्रकारका र’क्सीहरु उत्पादन भएका छन्। तिनीहरुलाई जित्ने गरी वैज्ञानिकरण गरेर त्यो भन्दा खान लायकको रुपमा ब्रा’ण्डिङ गर्नेछौं ।’