धादिङ:= रोजगारीको सिलसिलामा विभिन्न अन्तर्राष्ट्रिय देश, बिदेशमा काम गर्न गएका धादिङ जिल्लाका ५ जनाको मृत्यु भएको छ ।
रोजगारीको क्रममा बिदेश पुगेका धादिङका विभिन्न प्रकारका ४९ केशहरु घटेका छन् । जस अनुसार स्वास्थ्य समस्या ४, विभिन्न देशमा भएको अलपत्र १०, मृत्यु ५ र स्वदेशमा ठगी भएका ३० गरि कुल ४९ वटा केश रहेको सामी परियोजनाको तथ्यांकमा उल्लेख गरिएको छ ।
सुरक्षित आप्रवासन परियोजना सामी परियोजनाले बिहिवार निलकण्ठ नगरपालिका ३ धादिङबेसिमा आयोजना गरिएको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराईएको हो । सामी परियोजना धादिङको १३ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहहरुमा यो परियोजनाले काम गर्दै आइरहेको छ।
सामी परियोजना धादिङको निलकण्ठ नगरपालिका, धुनिबेसी नगरपालिका, गङ्गाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा सक्रिय रूपमा काम गर्दै आइरहेको छ । वैदेशिक रोजगारी जाने युबा/युवतीहरुको संख्या धादिङको १३ वटै स्थानीय तहहरु आ आफ्नो पालिकाको डाटा राख्नु पर्ने बताएका छन् ।




















