नायिका जेनी कुँवर मृत फेला।

काठमाडौं := नायिका जेनी कुँवर मृत फेला परेकी छिन् ।महानगरीय प्रहरी वृत बानेश्वरका अनुसार उनी बिहिवार काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा मृत फेला परेकी हुन्  ।

शवसँगै सुसाईड नोट पनि भेटिएको प्रहरीले जनाएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।