सामाजिक कल्याणकारी संघ जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केसु थापा ले सटिक ब्याङ्ग्यात्मक स्टाटस सामाजिक संजाल फेस्बुकमा राखेका छ्न ।
मलेसियामा श्रमिकका समस्या समाधानका नाममा भैरहेका गतिविधि लाई ब्याङ्ग्यात्मक प्रहार गर्दै श्रमिकका मुद्दाहरु देखाएर भैरहेका अर्थिक चलखेल र पदिय लालचिता लाई सामाजिक कल्याणकारी संघ जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केसु थापा ले घुमाउरो प्रहार गरेका छन।

स्टाटस को बारे हामिले सोधेको प्रश्नमा उनले भने श्रमिकका हितमा काम गर्न मात्रै इच्छा शक्ति भए पुग्ने कुनै पद नचाहिने कुरामा जोड दिदै श्रमजीवी हौँ भन्ने सस्था भित्र सस्था प्रतिको उत्तरदाहित्व जिम्मेवारिता काम कर्तव्य र नैतिकता समेत हराउदै गएकाहरुको हालीमुहाली चल्न थालेको एस्को लागि पुनः श्रमजीवी साथीहरूले आफ्नै अधिकारकर्मीहरुले गरेको सोसणका विरुद्ध बोल्ने बेला आउन लागेको बताएका छन।
मलेसियामा धेरैले श्रमिकको नाम बेचेर मुहार फेरेका छन बिडम्बना मलेसियामा श्रमजीवी बर्गको अबस्थामा परिवर्तन नभएको प्रती चिन्ता ब्यक्तगर्दै मलेसियामा श्रमिकको हक अधिकारका कुरा मात्र हैन कर्मनिस्ठ भएर काम गर्ने संघ सस्थाहरुको नेतृत्व हुनुपर्ने बताए।




















