मुम्बई:= अभिनेत्री तापसी पन्नुलाई फेरि पनि तेलुगु फिल्ममा देख्न पाइने भएको छ । तापसीले केही समयको अन्तरालपछि फेरि तेलुगु फिल्ममा अभिनय गर्न लाग्नुभएका हो । उहाँले अभिनयको सुरुवात तेलुगु फिल्म ‘झुम्मन्डी नादम’ बाटै गर्नुभएको थियो ।
अहिले तापसीले ‘मिशान इम्पोसिबल’ नाम फिल्म साइन गर्नु भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै टाइटलको घोषणासमेत गरेका छन् । पोष्टरमा तापसीको डी–ग्ल्यामर अवतार देखाइएको छ । फिल्मको स्वरूप आरएसजेले निर्देशन गर्न लाग्नुभएको हो । फिल्ममा तापसीको मुख्य भूमिका रहनेछ ।




















