फिल्म फेस्टिभल कान्स सुरु।

फ्रान्स:= विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स आजदेखि फ्रान्समा सुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच सुरु गरिएको फेस्टिभल अन्य वर्षभन्दा यो वर्ष भिन्न देखिएको छ । कोरोना भाइरसले विश्वनै त्रसित बनिरहँदा आफ्नो देशको नागरिकलाई माक्स सेनिटाइजर प्रयोग गरौं भनेर बारम्बार प्रचार गरिरहँदा पनि सेलिब्रेटीहरू भने फेस्टिभलमा मास्कविनै रेडकार्पेटमा उपस्थित भएका थिए ।

लियोस काक्र्स निर्देशित फिल्म ‘एनेट्टे’ प्रिमियरका लागि रेडकार्पेट आयोजना गरिएको थियो । हलिउड निर्देशक स्पाइक ली यसपटक कान्सको मुख्य निर्णायक रहनु भएको थियो । जुलाई १७ मा निर्णायकले विजेता फिल्महरूको सूची सार्वजनिक गर्ने भएका छन् ।