एसियन कप छनोटको खेल भारतमा।

काठमाडौं := सन् २०२२ मा हुने एएफसी महिला एसियन कपका लागि छनोट खेलहरू भारतको मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्स र पुनेको वेलवाडीस्थित शिव छत्रपति स्पोर्ट्स कम्प्लेक्समा हुने भएका छन् ।

एएफसी महिला एसियन कपको खेल हुने स्थानको टुंगो मंगलबार लगाइएको हो । जसमा भारतमा हुने सो प्रतियोगिताका लागि नयाँ स्थान तय गरिएको हो । कोरोना भाइरसको महामारीका कारण टिमले यात्रा गरून् भनेर नयाँ स्थान तय गरिएको एएफसीले बताएको छ । प्रतियोगिताका बेला सबैको स्वास्थ्य जाँचलगायतको नियम राखिनेछ । जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगितामा मुम्बईको तीनवटा स्टेडियम प्रयोग गरिनेछ ।

एसियन कप फुटबलमा सहभागी हुने २८ टिमलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा समूह एफमा रहेको नेपालले घरेलु मैदानमा छनोट खेल खेल्नेछ । नेपाल रहेको समूह एफमा हङकङ र फिलिपिन्स रहेका छन् । छनोट चरणका खेलहरू दशरथ रंगशालामा गराउने योजना एन्फाको छ ।