प्रियंकाको ७० हजार भारुको लुगा।

एजेन्सी := बलिउडका कलाकारहरूको व्यक्तिगत जीवनको चर्चा खुबै हुने गर्छ । अझ उनीहरूले लगाएको पोशाक, बस्ने घर, सवारीसाधनको पनि निकै चर्चा भइरहन्छ । यसैबीच अभिनेत्री प्रियंका चोपडाको चर्चा बलिउडदेखि हलिउडसम्म फैलिनु भएको कलाकार हो । उहाँका सामान्य कुरा खुवै चर्चाको विषय बन्छन् ।

प्रियंकाको इन्स्टाग्राम प्रोफाइल हेर्ने हो भने ठूला फेसन डिजाइनरको लुगामा सजिएको देख्न सकिन्छ । हालै इन्स्टाग्राममा पोष्ट गरेको भिडिओमा उहाँ आफ्नो लुगाकै कारण आकर्षणमा पर्नुभएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंकाले हेयर केयर ब्राडका नयाँ उत्पादन प्रोमोट गर्न इन्स्टाग्राममा एउटा भिडिओ हाल्नु भएको छ ।

सो भिडिओमा उहाँले ती उत्पादन प्रयोग गर्नुअघि र पछिको नतिजा देखिनु भएको छ । उहाँका फ्यानहरूको ध्यान भने उत्पादनमा भन्दा प्रियंकाले लगाएको लुगामा गएको थियो । भिडिओमा प्रियंकाले फूलबुट्टे डिजाइन भएको सर्ट र प्यान्ट लगाउनु भएको छ । यी दुई सेटको मूल्य लगभग ७० हजार भारु पर्छ । स्लिक कपडाले बनेको उनको सर्ट ‘वाइल्ड बोटानिका’ ब्रान्डको स्प्रिङ कलेक्सन २०२१ को हो । सेतो रङको यो सर्टमा फूलहरू प्रिन्ट भएका छन् ।

यो सर्टको मूल्य पाँच सय २९ अमेरिकी डलर छ, जुन भारतमा ३९ हजार ४ सय २० भारु पर्छ । यो सर्टमा सुहाउँदो उनले ‘जिम्मरमान वेयर’ ब्रान्डको बोटानिका किक फ्लेयर हाइ–वेष्ट स्लिक प्यान्ट लगाउनु भएको छ । यो प्यान्टको अगाडि स्लेन्ट पकेट, ब्याक वेल्ट पकेट र किक–फ्लेयर सिल्हुट डिजाइन थियो ।

अमेरिकामा यसको मूल्य चार सय २० अमेरिकी डलर पर्छ । भारतमा यसलाई करिब ३१ हजार २ सय ९८ भारु पर्छ । आफ्नो पहिरनसँग राम्रो देखिन प्रियंकाले हल्का मेकअप र सिल्भर हुप झुम्का लगाएकी थिइन् । गतवर्ष प्रियंका ‘टेक्स्ट फर यु’ फिल्मको छायांकनका लागि लण्डन जानु भएको थियो ।