ज्वाला संग्रौला विरुद्धको अनुसन्धानका लागि चौथो पटक म्याद थपको तयारी।

काठमाडौं := रंगभेदी टिप्पणी, कु’टपिट र सरकारी कागज कि’र्ते गरेको आ’रोपमा प’क्रा उ परेकी ज्वाला भनिने टीका संग्रौला वि’रुद्धको अनुसन्धानका लागि आज चौथो पटक म्याद थपको तयारी भएको छ । अनुुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिने तयारी भएको हो ।

सत्तारुढ दल नेकपा (एमाले) निकट नेत्री खुश्बु घिमिरेसँग भएको वि’वादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीन जनालाई असार ६ गते प’क्रा उ गरेको थियो । उनीसँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा प’क्रा उ परेका हुन। सुरुमा उनी वि’रुद्ध अ’भद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

सामाजिक सञ्जालमा एकअर्का वि’रुद्ध उनीहरुले लेखेका विषयमा वि’वाद भएको थियो । वि’वादकै बीच उनीहरु महा नगरीय प्रहरी वृत्त गौशाला पुगेका थिए । सोही क्रममा दुवै पक्षबीच प्रहरी कार्यालय परिसर मै हात हा’लाहाल भएको थियो। यस बाहेक उनले एक प्रहरीमाथि रं’गभेदी टिप्पणी गरेको समेत पाइएको थियो । अनुसन्धानकै क्रममा उनले जन्मदर्ता र विवाह दर्ताको कागजमा सरकारी छाप किर्ते गरेको पाइएको थियो ।