काठमाडौं := जति जति बर्खा गहिरिँदै छ त्यसैगरी नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी पनि सघन रूपमा सन्निकट बन्दै गइरहेको छ । छलफल र तयारी अगाडि बढिरहेका छन् । पुराना समीकरण भत्किँदै गएका छन् भने नयाँ-नयाँ खालका समीकरण बन्दै गएका छन् । यही क्रममा सभापति देउवा निकटका नेता तथा वर्तमान उपसभापति विमलेन्द्र निधि हाल शशांक कोइराला र प्रकाशमान सिंहका निकटमा रहेर सघन छलफलमा व्यस्त रहनुभएको छ । उहाँको यस प्रकारको भेटघाट र बैठकको उद्देश्य आपूmलाई सभापतिमा समर्थन गर्नुस् भन्ने नै हो । उहाँले आफू सभापतिका लागि प्रत्यासी बन्ने कुरा धेरैपटक सार्वजनिक रूपमै बताइसक्नु भएको छ ।
तर, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह आफैं पनि सभापतिका रूपमा आकांक्षी रहनु भएका कारण कसको पक्षमा को लाग्नुहुने हो त्यो केही समयपछि देखिने कुरा हो । उहाँहरू सबैका निवासमा आलोपालो भेटघाट र छलफल गरी अब केन्द्रीय सदस्यहरूसँग भोलि छलफल गर्ने निर्णयमा पुग्नुभएको छ । निश्चय सबैको एउटै धारणा हुँदैन तर बहुसंख्यक सदस्यको समर्थन पाउने नेताको पक्ष बलियो हुने निश्चित छ । निधि सभापति देउवा निकटको मानिनुहुन्छ तर उहाँले देउवालाई पनि अब आफू लाई सहयोग गर्न अनुरोधसमेत गरिरहनु भएको छ । देउवाले आफू फेरि एक पटक आफ्ना अधुरा काम पूरा गर्न सभापतिमा उठ्ने मनसाय प्रकट गर्नुभएको छ ।
उहाँ आपूm मजबुत रहन निधिको साथ हुनैपर्छ । निधिले साथ छोड्दा देउवाको पक्ष कमजोर हुनेछ तर निधि पनि देउवाको सहयोगविना सफल हुनसक्नु होला भन्ने देखिँदैन । कसैका पक्षमा कोही सहयोगी नबन्ने हो भने सबैजना कमजोर हुने निश्चित छ । अहिलेकै आधारमा भन्ने हो भने सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान निधि, शेखर कोइराला, सुजाता कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेताहरूले सभापति पदका लागि आकांक्ष देखाउनु भएको छ । आकांक्षा राख्नु गलत होइन तर आफ्नो जनाधार बलियो बनाउन सक्नुपर्छ सबैको जनाधार उत्तिकै बलियो नहुन सक्छ । सबैका आकांक्षा पूरा हुन सक्दैनन् ।
त्यसैले आफ्नो जनधार विचार गरेरमात्र आकांक्षी बन्नु उपयुक्त हुन्छ । सभापतिका लागि उमेर एउटा कारक बन्न सक्छ भने समर्थकको मनोभावनाले समेत निश्चित गति निर्धारण हुनसक्छ । हालको समीकरण हेर्दा निधि, कोइराला र सिंहको अभियानले एउटा गति लिएको देखिन्छ । उहाँहरूले भोलि कार्यकर्ताको मनोभावना कसरी समेट्न सक्नुहोला त्यो भोलि देखिने कुरा हो । अनि अर्कातिर उहाँहरूबीचमै तीनैजनाको सभापतिकै आकांक्षा भएका खण्डमा अहिलेको एकता रहिरहँदैन । पार्टीमा समस्या पनि छन् । चुनावभन्दा पहिले तुरुन्तै मिलाइहाल्नुपर्नेबाहेक चुनावकै लागि तयारी क्रममै मिलाउनुपर्ने समस्या छन् । क्रियाशील सदस्यसम्बन्धी छानविन तुरुन्तै समाधानमा पुग्नुपर्ने विषय हो ।
नेपाली कांग्रेस पार्टीमा अन्य पार्टीबाट प्रवेश गरेका नेताहरू पनि हुनुहुन्छ । उहाँहरूको व्यवस्थापन कसरी हुने हो त्यसको निर्णय तुरुन्तै हुनुपर्छ । प्रकाशमान सिंह र शशांक कोइरालाले निधिसँग सहकार्य गरेको खण्डमा रामचन्द्र पौडेललाई पनि अप्ठ्यारो पर्छ । उहाँ पनि आफ्ना पक्षका नेताहरूसँग छलफल चलाउँदै हुनुहुन्छ । निष्कर्ष भोलि जे आउला त्यो आफ्ना ठाउँमा छ तर त्यस परिणामले नेपाली कांग्रेसका कुनै नेताको हितभन्दा समग्र पार्टीको हितको नतिजा दिनसक्छ कि सक्दैन भन्ने प्रश्न महŒवपूर्ण बन्नेछ । बीपी कोइरालाको पार्टी नेपाली कांग्रेस जो ७५ वर्ष पहिलेदेखि नेपालको राजनीतिको मियो बनेर आइरहेको छ त्यसको अस्तित्व अझै लामो समयसम्म रहिरहनुपर्छ ।




















