कोल्हबी:= बिगत ६ वर्षदेखि सेवा प्रदान गर्दै आएको समता घरेलु लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय कोल्हबीले कोभिड-१९ को माहामारीलाई मध्य नजर गर्दै कोल्हबी नगरपालिका वाड न.२ बगेयावा र वडा न.४ प्रगतिनगरमा बसोबास गरि सोही बैंकबाट कारोबार गर्ने ३० जना सदस्यहरुलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
मंगलबार एक समारोहका बिच एकघर बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल,२ पोका नुन, १ किलो सोयाबिन र २ थान नुहाउने साबुन वितरण गरिएको हो।
सरकारले गरेको निषेधाज्ञाका कारण दैनिकी मजदुरी गरि आफ्ना जिबन यापन गर्ने घर परिवारलाई दुई छाक टार्न र परिवार पाल्न धौ धौ भएको कारणले गर्दा सो खाद्यान्न सामाग्री वितरण गरिएको लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय कोल्हबीका प्रमुख अरुन कुमार चौधरीले बताउनु भयो।
र सके सम्म अरु ठाउँका सदस्यहरुलाई पनि चाडैं सहयोग सामाग्री वितरण गरिने प्रमुख चौधरीको भनाइ रहेको छ। उक्त राहत वितरण कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग कोल्हबीका प्रमुख छितिज राई,थारू पत्रकार संघ नेपाल बाराका अध्यक्ष जियालाल चौधरी, समाजसेवी लगायतका विभिन्न मानिसहरुको उपस्थिती रहेको थियो।




















