[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= लगातार बढ्दै गैइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै मलेसियामा लगाइएको लकडाउन,तालाबन्दी (एमसिओ ३.०) तत्काल नखुल्ने भएको छ।
गएको महिना जुन १ तारिखदेखिनै मलेसिया सरकारले जारी गरेको लकडाउन तत्काल खोल्न नसकिने प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनले बताउनुभएको हो।
प्रधानमन्त्री यासिनका अनुसार मलेसियामा जबसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्यामा कमि हुँदैन अर्थात् ४ भन्दा कम कोरोना संक्रमित फेला नपरुन्जेलसम्म र मलेसियाको आबादीको १०% मानिसले कोरोना विरुद्धको खोप लगाएर नसकिन्जेलसम्म लकडाउन खोल्न नसकिने प्रधानमन्त्री यासिनले बताउनुभएको हो।
मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मलेसियामा हाल दैनिक रुपमा ५ हजार भन्दा बढीनै कोरोना संक्रमित फेला परिरहेको छ, भने दैनिक ८० देखि १ सय भन्दा बढीनै मानिसको मृत्यु हुने गरेको छ।
यस् लकडाउनको अवधीमा कोरोना माहामारी सम्बन्धि मापदण्डको पालना गरि अति आवश्यक खाद्यान्न सामाग्री खरिद,बिर्क्री गर्ने पसल बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने गरेका छ्न, भने रेष्टुरेन्ट तथा होटेल हरु बेलुका १० बजेसम्म नै खोल्ने अनुमति सरकारले दिइएको छ। कतिपय कम्पनीहरु पनि सरकारको अनुमतिमा सञ्चालन भैइरहेको छ।

मलेसियामा लकडाउन जारी रहुन्जेलसम्म मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालय समेत अनिश्चितकालीन बन्द भएको छ, नखुल्ने भएको छ।
जसले गर्दा अध्यागमन बिभागको कार्यालयमै उपस्थित भएर स्वदेश फर्किने तयारीमा रहेका र अध्यागमन सम्बन्धि कागजातहरु चेकआउट मेमो लगायत अन्य आवश्यक कागजातहरु बनाउन बाँकी रहेको विदेशी श्रमिकहरु समस्यामा पर्नुको साथै अलपत्र पर्ने भएका छ्न।




















